२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको आरोप लगाएका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद महतले विकास र समृद्धि देखाएर नून तेलको मूल्य बढाइएको आरोप लगाएका हुन् ।
‘सभामुख महोदय ! मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइयो । धरहरा देखाएर डण्डी र सिमेन्टको भाउ बढाइएको छ । विकास र समृद्धि देखाएर नून तेलको मूल्यवृद्धि गरेर जनताको ढाड भाँचिएको छ । पार्टी भित्रको विवाद देखाएर संसदको ढाड भाँचियो सभामुख महोदय १ राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारियो सभामुख महोदय १ सभामुख महोदयमार्फत सबै पार्टी र जनताको ध्यान जाओस्,’ महतले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij