Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्


  • 1.6K
    Shares

    चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्
    images

    काठमाडौं । उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चीसोले छोयो भने ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । 

    जाडो मौसममा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। चिसोले हाम्रो छाला, श्वासप्रश्वासको ढाँचा र मानसिक स्वास्थ्यलाई असर गर्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

    चिसोको असर

    १। शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।

    २। पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।

    ३। मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।

    ४। युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।

    ५। रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।

    ६। चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

    चिसोबाट कसरी बच्ने रु

    १। न्यानो कपडा लगाउने

    २। आगो ताप्ने ।

    ३। यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

    ४।चिसो मौसममा दैनिक यात्रा गर्नुहुन्छ भने, तपाईँले आफ्नो झोलामा अतिरिक्त स्वेटर, टोपी र पन्जाहरू राख्नुहोस् । थर्मस स्टिलको बोतलमा तातो पानीको चिया पनि बोक्न सकिन्छ ।

    ५। धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।

    ६। धेरै नुनिलो नखाने

    ७। पौष्टिक खानेकुरामा जोड दिने ।

    ८। बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

    ९। मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

    १०। समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

    ११। जाडो याममा रुघाखोकी, फ्लुजस्ता समस्या धेरै छिटो फैलिन्छ । त्यसैले सार्वजनिक स्थानमा मास्क लगाएर मात्र जानुहोस्। 

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १६:४४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij