Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

के टाउकोे दुख्छ ? यी हुन सक्छन् कारण

के टाउकोे दुख्छ ? यी हुन सक्छन् कारण


  • 9.7K
    Shares

    • images
    के टाउकोे दुख्छ ? यी हुन सक्छन् कारण
    images

    व्यस्त जीवनशैलीका कारण पछिल्लो समय धेरै मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुन्छन् । दिनभरीको कामको थकानबाट पनि टाउको दुख्ने जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । 

    १. अत्याधिक भोक
    अत्याधिक भोकका कारण पनि मानिसलाई टाउको दुख्ने समस्या हुन्छ । लामो समय भोकै बस्दा ब्लड सुगर कम हुन जान्छ, जसको कारणले टाउको दुख्छ । यदि तपाईंलाई भोकका कारण टाउको दुख्ने समस्या छ भने समय समयमा केही न केही खाइराख्नु नै जाती हुन्छ । 

    २. आँखाको कारण
    लामो समयसम्म एकै वस्तु हेरिरहँदा टाउको दुख्ने समस्या आउँछ । केही मानिसलाई टाढाको वस्तु देख्ने मानिसले नजिकको वस्तु हेर्दा केही धमिलो देखिन सक्छ । यस्तो हुँदा पनि टाउको दुख्ने हुन्छ । सामान्यतया यस्तो असर ४० वर्षभन्दा माथि उमेर समूहकालाई हुन्छ । 

    ३. गर्धनको दुखाइ
    केही मानिस लामो समयसम्म कम्प्युटर चलाउने गर्छन् भने कसैले लामो समयसम्म मोबाइल कानमा राखेर फोनमा कुराकानी गर्छन् । यसो हुँदा मांसपेशीमा तनाव हुन्छ र टाउको दुख्न थाल्छ  । त्यसकारण यस्तो समस्याले टाउको दुखेमा मेडिटेशन तथा एक्सरसाइज गर्नु राम्रो हुन्छ । 

    ४.चियाकफीको लत
    तपाईंलाई बिहान बिहान चिया अथवा कफी पिउने बानी नै छ भने कुनै दिन नपिउँदा टाउको दुख्ने गर्छ । कफी पिउँदा शरीरमा क्याफिनको लत बस्छ, यो शरीरमा नहुँदा टाउको दुख्ने गर्छ । त्यसकारण कफी पिउन छोड्न चाहनुहुन्छ भने पनि एकैपटक छाड्ने बानी नगर्नुहोस्, विस्तारै विस्तारै छाड्दै जानुहोस् । 

    ५. रक्सी पिएपछि
    अधिकांश मानिसहरूलाई रक्सी पिएपछि पनि टाउको दुख्छ । अल्कोहलका कारण निन्द्रा पनि राम्रोसँग पूरा हुन पाउँदैन । जसका कारण धेरै थकान लागेको महशुस हुन्छ । यसकारण रक्सी सेवनबाट टाढै बस्नुहोस् वा कम सेवन गर्नुहोस् । 

    ६. कानको इन्फेक्सन
    ब्याक्टेरिया तथा भाइरसहरूले कानमा इन्फेक्सन गर्छन् । जसका कारण पनि टाउको दुख्ने गर्दछ । कानको उपचारका लागि चिकित्सकलाई नै सम्पर्क गर्दा राम्रो हुन जान्छ । कानको सामान्य इन्फेक्सन एक वा दुई हप्तामै ठीक हुन्छ भने यसले टाउको दुख्न पनि कम हुन्छ । 

    ७. गलत तरिकाले सुत्दा 
    टाउको दुख्नुको मुख्य कारणमध्ये गलत तरिकाले सुत्नु पनि एक हो । सुत्ने तकिया केही नरम राख्ने र सुत्ने तरिका सही अपनाउने हो भने टाउको दुख्न छाड्छ । जसका लागि सुत्दा टाउको र गर्दन सीधा राख्ने अभ्यास गर्नुहोस् । 

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १६:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij