Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन


  • 1.4K
    Shares

    स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
    images

    काठमाडौं ।  स्वास्थ्य बीमा क्षेत्र सुधारका लागि गठित समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेको छ।

    शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा समितिका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउने उपायहरूको सिफारिससहित प्रतिवेदन तयार पारेको छ।

    मन्त्री पौडेलले प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसका लागि प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए ।

    प्रकाशित मिति :पौष १९ २०८१ शुक्रवार - १४:५७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij