Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माओवादी बैठक

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा सुरु, पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा सुरु, पूर्वउपराष्ट्रपति पुन पनि सहभागी


  • 1.6K
    Shares

    माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा सुरु, पूर्वउपराष्ट्रपति पुन पनि सहभागी
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ। पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बसेको हो।

    बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन्। पुन राजनीतिमा सक्रिय हुने उदेश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन भने महरा सुन तस्करीको आरोपमा गत वर्षको माघमा छोरा राहुल र आफूलाई पक्राउ गरिएपछि  निष्क्रिय बनेका थिए। 

    पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपाध्यक्ष बनाउने आश्वासनसहित बैठकमा बोलाएको माओवादी नेताहरुले बोलाएका छन्। त्यसै अनुसार उनी धेरै पटक माओवादी बैठकमा सहभागी भइसकेका छन्। 

    तर, माओवादी बैठकले उनलाई उपाध्यक्ष बनाउनेबारे अझैं औपचारिक निर्णय भने गरिसकेको छैन। आगामी केन्द्रीय समिति बैठकबाट त्यसबारे औपचारिक निर्णय हुनसक्ने नेताहरुले बताएका छन्। 

    प्रतिपक्षमा पुगेपछि आगामी कार्यक्रमहरु तय गर्न र विप्लव लगायतसँग पार्टी एकताबारे निर्णय लिन माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो।

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १४:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij