Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

दुई सय ५२ जना मोटरसाइकल चालक कारबाहीमा

दुई सय ५२ जना मोटरसाइकल चालक कारबाहीमा


  • 568
    Shares

    दुई सय ५२ जना मोटरसाइकल चालक कारबाहीमा

    काठमाडौं । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले गत असोजदेखि सुरु गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म २५२ मोटरसाइकल चालक कारबाहीमा परेका छन् ।

    जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको उक्त अपरेसनमा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्नेलाई कारबाहीको दायरामा ल्याइएको हो । 

    समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात् परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ । स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिस परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ ।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - ११:१६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij