Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य


  • 589
    Shares

    नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

    काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

    पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९-६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

    नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए ।

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १०:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij