Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै

राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै


  • 1.4K
    Shares

    राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
    images

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले प्रथम महाधिवेशनको टुंगो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि (शुक्रबार) बोलाएको छ । 

    बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए । 

    बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । 

    हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए । 

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - ११:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij