Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पत्रकार सम्मेलन

ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ: भीम रावल

ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ: भीम रावल


  • 2.5K
    Shares

    ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ: भीम रावल
    images

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंले प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाएका छन् ।

    आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताए ।

    उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’

    उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।

    प्रकाशित मिति :पौष १७ २०८१ बुधवार - १३:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij