Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव

माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव


  • 3.9K
    Shares

    माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव
    images

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)लाई सक्रिय बनाउने भए आफ्ना पाँच प्रस्ताव लागु हुनुपर्ने बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबारको भेटमा उनले आफ्ना प्रस्ताव सुनाएका हुन् ।

    गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका पनि माग गरेका छन् । उनले आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् ।

    १. वरिष्ठ नेताको सक्रिय भूमिका हुँदैन, मलाई २४ सै घण्टा केही न केही गर्ने भूमिका दिनुपर्छ । कार्यक्षेत्रबिनाको नेता के गर्न चाहियो ? केही नभएको कार्यक्षेत्र लिएर काम गर्न सकिँदैन । 
    २. पार्टीले गति लिन केन्द्रीय कमिटी पूर्णकालीन हुनुपर्छ । 
    ३. जनतालाई गोलबन्द गर्न सक्ने विचार अघि सानुपर्छ । 
    ४. समाजवाद हाम्रो तात्कालिक विषय बनाउन सक्नुपर्छ । देशका तीन क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ– 
    पहिलो, उत्पादन प्रणाली – सम्पूर्ण उत्पादन सामूहिक प्रणालीमा लैजानुपर्छ । 
    दोस्रो, शासन प्रणाली – प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ । 
    तेस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणाली – यिनले गतिशीलता पैदा हुन्छ । यति भयो भने पार्टी निर्माण गर्न सक्छौँ । यति भएन भने पार्टी निर्माण गर्न सकिँदैन, समय मात्रै बर्बाद हुन्छ ।

    यसबारे माधव नेपालले पार्टीको विधानानुसार जिम्मेवारी हुने र बाँकी विषयमा छलफल गर्न सकिने बताएको उनले जानकारी दिए । नेता नेपालले फेरि छलफल गर्ने जवाफ गौतमलाई दिएका छन् ।

    एकीकृत समाजवादीले गौतमलाई अध्यक्ष र सम्मानित नेता झलनाथ खनालपछि वरिष्ठ नेताको तेस्रो वरीयतासहित पार्टीमा आउन आग्रह गरेको छ । सोही विषयमा चरणबद्ध रूपमा छलफल हुँदै आएको छ ।

    प्रकाशित मिति :पौष १५ २०८१ सोमवार - १७:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij