Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ

माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ


  • 1.5K
    Shares

    माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ
    images

    काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् ।

    आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् ।

    एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष गौतमले भने, ‘पुराना स्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’

    उनले एकीकृत समाजवादीमा आफू जान सक्ने सम्भावना रहेको पनि बताए । ‘सम्भावना छँदै छ नि त,’ पत्रकारले एकीकृत समाजवादीमा जानेबारे राखेको जिज्ञासामा गौतमले भने ।

    प्रकाशित मिति :पौष १५ २०८१ सोमवार - १६:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij