Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु


  • 526
    Shares

    विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका-१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

    नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 

    विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका-६ स्थायी घर भई हाल देवचुली-१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 

    ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - ११:३५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij