Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपालस्थित भारतीय राजदुतावासले मनायो ७७ औँ गणतन्त्र दिवस

नेपालस्थित भारतीय राजदुतावासले मनायो ७७ औँ गणतन्त्र दिवस


  • 400
    Shares

    नेपालस्थित भारतीय राजदुतावासले मनायो ७७ औँ गणतन्त्र दिवस

    काठमाडौं । नेपालस्थित भारतीय राजदुतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौंस्थित दुतावास परिसरमा आयोजित विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो । 

    समारोहमा भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देश वाचन गरिएको थियो । साथै, सांस्कृतिक प्रश्तुति तथा राष्ट्रभक्ति गीतहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो ।

    भारतले हरेक वर्ष जनवरी २६ तारिखका दिन संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९५० मा भारतको संविधान लागू भएपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष भारतले ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ । 

    यस अवसरमा दूतावासले भारतीय डायस्पोरालाई विशेष निमन्त्रणा गरेको थियो । समारोहले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । 

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १२:२४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij