Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

पार्टी एकताबारे छलफल गर्न आलोकनगर पुगे वामदेव गौतम

पार्टी एकताबारे छलफल गर्न आलोकनगर पुगे वामदेव गौतम


  • 1.3K
    Shares

    पार्टी एकताबारे छलफल गर्न आलोकनगर पुगे वामदेव गौतम
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

    भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ । यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय गरेको थियो ।

    त्यसपछि दुवै तर्फबाट वार्ता समिति समेत गठन भएको थियो । गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको बरियता पार्टीमा दिन अध्यक्ष नेपाल तयार छन् ।

    तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरुको व्यवस्थापनका बारेमा सहमति जुट्न ढिलाई भएको बताइएको छ ।

    प्रकाशित मिति :पौष १५ २०८१ सोमवार - १५:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij