Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग

वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग


  • 5.1K
    Shares

    वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग
    images

    स्थानीय उपचुनावमा काठमाडौं महानगरपालिका– १६ को अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उठेको छ ।

    केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र लेखेर पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न माग गरेका हुन् । श्रेष्ठ रास्वपाबाट स्थानीय तहका लागि चुनिएकी एक मात्र जनप्रतिनिधि हुन् । पार्टीको एजेन्डा नै स्थानीय तहलाई गैरदलीय बनाउनु रहेको भन्दै जैरुले यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

    रास्वपा केन्द्रीय समिति बैठक यही पुसको १९, २० र २१ गतेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउनेसहित तीन एजेन्डामा छलफल गर्न ध्यानाकर्षण गराउँदै उनले पत्र लेखेका हुन् ।

    उनले २०८४ सालको आमनिर्वाचनअगाडि पार्टी प्रतिपक्षमा बस्ने विषयलाई केन्द्रीय समितिले पारित गर्नुपर्ने गरी छलफल चलाउन माग पनि गरेका छन् । साथै, गत उपचुनावमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिइएको विषयमा त्यहाँका पार्टी नेतालाई सोधपुछ गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।

    bijay-jairu-1735457705.jpg

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - २०:५२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij