Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

‘प्रचण्ड’को दाबी : माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुन्छ

‘प्रचण्ड’को दाबी : माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुन्छ


  • 1.4K
    Shares

    ‘प्रचण्ड’को दाबी : माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुन्छ
    images

    काठमाडौं ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । एक खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने दाबी गरेका हुन् ।

    ‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका थियौँ तर सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न दिएनन्,’ दाहालले भने, ‘अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको छ ।’

    आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने उनले बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ । ‘गिरीबन्धुको फाइल खोलिनेछ, त्यसलाई लुकाउन दिइने छैन,’ अध्यक्ष दाहालले भने, ‘ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचार पनि त्यतिकै छाडिने छैन, यो सबैका निम्ति माओवादी बलियो हुनुपर्छ ।’

    अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा नदी नियन्त्रणदेखि विश्वविद्यालय स्थापनालगायत कामहरू गरेको बताए । यसका साथै सुक्खा बन्दरगाह निर्माण पनि आफ्नै पालामा अघि बढेको उनले दाबी गरे ।

    भारत भ्रमणका बेला लिपुलेक, कालापानी र अन्य क्षेत्रका सीमा समस्याबारे समेत कुरा गरेको र समाधानका लागि भारत पनि सहमत भएको उनले बताएका छन् ।

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - १२:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij