Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

डीपी अर्याललाई कार्यवाहक सभापति दिएपछि स्वर्णिम वाग्ले असन्तुष्ट

डीपी अर्याललाई कार्यवाहक सभापति दिएपछि स्वर्णिम वाग्ले असन्तुष्ट


  • 3.5K
    Shares

    डीपी अर्याललाई कार्यवाहक सभापति दिएपछि स्वर्णिम वाग्ले असन्तुष्ट
    images

    काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि पार्टीभित्र गुट उपगुट बढेका छन् । रास्वपा पदाधिकारी बैठकले सभापति लामिछाने विरुद्ध मुद्दा दायर भएपछि पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । 

    सम्पत्ति शुद्धिकरणको कसुरमा लामिछाने विरुद्ध मुद्दा दायर भएपछि लामिछाने प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् । पार्टी सभापति लामिछानेको ठाउँमा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी पाएकाले आफूले संसदीय दलको जिम्मेवारी पाउनु पर्ने धारणा पार्टीमा अर्का उपसभापति स्वर्णिम वाग्लेले राख्न थालेका छन् । आफूलाई संसदीय दलको जिम्मेवारी नदिए देखिनेगरी विद्रोह गर्ने सन्देश वाग्लेले लामिछाने सहितको नेतृत्वलाई पुर्‍याईसकेको स्रोतको दाबी छ ।  सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

    समानुपातिकबाट सांसद भएका अर्याललाई संसदीय दलको नेता बनाइए विद्रोह गर्ने मुडमा रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ समेत रहेको स्रोतको दाबी छ । 

    प्रकाशित मिति :पौष १३ २०८१ शनिवार - १६:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij