Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ आजको एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ आजको एजेन्डा


  • 1.3K
    Shares

    रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ आजको एजेन्डा
    images

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ। आज बैठक दिउँसो ३ बजेबाट वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

    आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी बारे छलफल हुने जनाइएको छ।

    यता, सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टीका सभापति रविको बयान आज पनि छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि रविको बयान थालिएको हो।

    बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नीतिज राईको इजालसमा लिला पछाईंको बयान सकिएसँगै रविको सुरु भएको हो। त्यसैको निरन्तर बयान आज पनि छ।

    प्रकाशित मिति :पौष १२ २०८१ शुक्रवार - ०८:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij