Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आजबाट भुजुङ्ग हाइड्रोपावरको आइपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

आजबाट भुजुङ्ग हाइड्रोपावरको आइपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?


  • 1.5K
    Shares

    आजबाट भुजुङ्ग हाइड्रोपावरको आइपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?
    images

    काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्दैछ । कम्पनीले आज माघ १२ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

    कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

    कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

    उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - ११:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij