Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

भीम रावलले नयाँ पार्टी खोल्ने

भीम रावलले नयाँ पार्टी खोल्ने


  • 1.5K
    Shares

    भीम रावलले नयाँ पार्टी खोल्ने
    images

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

    ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।

    देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।

    दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको छ ।

    प्रकाशित मिति :पौष ११ २०८१ बिहिवार - १६:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij