Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

काँग्रेसको सय दिने विशेष अभियानको समयावधि थप

काँग्रेसको सय दिने विशेष अभियानको समयावधि थप


  • 1.4K
    Shares

    काँग्रेसको सय दिने विशेष अभियानको समयावधि थप
    images

    काठमाडौं । नेपाली काँग्रेसले सय दिने विशेष अभियानमा काम नसकेका जिल्लाहरूका लागि समयावधि एक महिना थपेको छ । ७ असोजबाट सुरु भएर १६ पुसमा सक्ने गरी समय निर्धारण गरिएको थियो ।

    अभियानका प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेका कारणले समयावधि थपिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघमा समापन गर्ने गरी समयावधि थपिएको पौडेलले बताए ।

    जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समितिलाई थप अवधिमा सांगठनिक रूपले गर्नरगराउन निर्धारित केन्द्रले निर्देशन दिएको छ ।

    पार्टीको आन्तरिक संगठनमा कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

    प्रकाशित मिति :पौष ११ २०८१ बिहिवार - १४:४०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij