Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

लोसपामा थपिए ८ जना केन्द्रीय सदस्य

लोसपामा थपिए ८ जना केन्द्रीय सदस्य


  • 1.7K
    Shares

    लोसपामा थपिए ८ जना केन्द्रीय सदस्य
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा ८ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबार अध्यक्ष महन्थ ठाकुरले विधानको व्यवस्था अनुसार थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।

    मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।

    ८ जना सदस्य थपिँदा लोसपाको केन्द्रीय कमिटी ३५५ जनाको पुगेको छ । जम्बो कमिटी बनाएको लोसपा महाधिवेशनको संघारमा छ । लोसपाले आउँदो वैशाखमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - १४:०५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij