Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

जाडोमा हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्, नत्र यस्तो समस्या आउन सक्छ

जाडोमा हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्, नत्र यस्तो समस्या आउन सक्छ


  • 2.0K
    Shares

    जाडोमा हिटर ताप्दै हुनुहुन्छ ?  यी कुरामा ध्यान दिनुस्, नत्र यस्तो समस्या आउन सक्छ
    images

    काठमाडौं । पशुपति क्षेत्रमा सरसफाइ गर्दै आएका ३७ जना कर्मचारीलाई काम गर्न रोक लगाइएको छ । आइतबारसम्म काम गर्दै आएका कर्मचारीलाई पशुपति क्षेत्र विकास कोषले सोमबारदेखि काममा आउन रोक लगाएको हो । 

    करार सेवामा नियुक्त ती कर्मचारी बिहानी सत्रमा काम गर्दै आएका छन् । बिहान ५ बजे काम गर्न जाँदा काम गर्न नदिएर फर्काइएको एक कर्मचारीले गुनासो गरे । 

    त्यसो त कोषमा कार्यरत करार कर्मचारी र कोषबीचको विवाद अहिलेदेखिको होइन । कर्मचारीको करार अवधि थप गर्न कोषले प्रत्येक वर्ष आनाकानी गर्दै आएको छ । यसको सट्टामा श्रमिक आपूर्तिकर्तामार्फत् सम्झौता गर्न कोषले दबाब दिँदै आएको थियो । खुकुरी नेपाल नामक कम्पनीलाई जिम्मा दिएर करार गर्न लगाइएको थियो । 

    त्यसो त, श्रमिकहरुले दायर गरेको मुद्दामा श्रम अदालतमा नियमित रोजगारी सम्झौता दिलाउने माग गर्दै कोषका सदस्य सचिव मिलन कुमार थापा र कार्यकारी निर्देशक सुभास चन्द्र जोशीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । 

    उक्त मुद्दामा गत मंसिर १९ गते अन्तरिम आदेश जारी गर्दै कोषलाई मुद्दाको किनारा नलागेसम्म आपूर्तिकर्तामार्फत् रोजगार सम्झौता नगर्नरनगराउन तथा श्रमिकहरुलाई नियमित रुपमा पारिश्रमिक भुक्तानी गर्न श्रम अदालतले आदेश दिएको थियो । यसविपरित श्रमिकलाई कामबाट बञ्चित गरिएको हो ।

    श्रमिकलाई काममा रोक लगाइएको विषयमा कार्यकारी अधिकृत जोशीले भने अनभिज्ञता प्रकट गरे । आफू बाहिर रहेको भन्दै यसबारे थाहा नभएको यसबारे बुझ्ने उनको भनाइ छ । 

    प्रकाशित मिति :पौष १ २०८१ सोमवार - १३:१९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij