Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

एनपीएल : लुम्बिनीले जितका लागि पायो १३७ रनको लक्ष्य

एनपीएल : लुम्बिनीले जितका लागि पायो १३७ रनको लक्ष्य


  • 1.6K
    Shares

    एनपीएल : लुम्बिनीले जितका लागि पायो १३७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

    जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंशाकार २२ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिए । पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - ११:००:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij