२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको अर्धशतक पूरा भएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले १३ ओभरका खेल सकिँदा ३ विकेट गुमाएर १ सय ८ रन बनाएको छ । रोहितलाई टम मुर्सले साथ दिइराखेका छन् । उनी १९ बलमा २३ रन बनाएर खेलिरहेका छन् ।
लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij