२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।
सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij