Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क भिडियो एक्स-रे

काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क भिडियो एक्स-रे


  • 1.7K
    Shares

    काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क भिडियो एक्स-रे
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ । महानगरले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । 

    महानगरका अनुसार सुरुमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ ।

    वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । 

    महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नं. २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रूपमा तोकेको छ ।  

    यीमध्ये ५ बिमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् । 

    प्रकाशित मिति :मंसिर १२ २०८१ बुधवार - १३:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij