Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


  • 1.5K
    Shares

    गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
    images

    काठमाडौं ।  स्याङ्जाको कालीगण्डकी र आँधीखोला गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले कालीगण्डकी गाउँपालिकाले गत आ.व. देखि र आँधीखोलाले यसै आ.व. देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेका हुन् ।

    कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स सेवा उपलब्ध गराइएको बताए । “गाउँपालिकावासी सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यका बारेमा रेखदेख र आवश्यक परामर्श दिन पनि सहज भएको छ”, उनले भने ।

    आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । पौडेलले भन्नुभयो, “पालिकाभित्रका बर्थिङ सेन्टर तथा अस्पतालमा सुत्केरी हुन नसक्ने जटिल अवस्था देखिएको खण्डमा सिफारिस गरेको पालिका बाहिरका अस्पतालसम्म पनि एम्बुलेन्स सेवा उपलब्ध गराउँछौँ ।” 

    आँधीखोला गाउँपालिकामा तीनवटा स्वास्थ्य संस्था छन् । आँधीखोला–५ सेतीदोभानमा आँधीखोला आधारभूत अस्पताल, वडा नम्बर १ को पञ्चमुलमा पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर २ को चिलाउनेबासमा चिलाउनेबास स्वास्थ्यचौकी छ । गाउँगाउँबाट चाहेको समयमा स्वास्थ्य संस्थामा पुग्न सार्वजनिक यातायातका साधन पाउन कठिन हुने भएकाले पालिकाले उपलब्ध गराउने निःशुल्क एम्बुलेन्स सेवाबाट गर्भवती तथा सुत्केरीले राहत महसुस गरेका छन् ।

     पालिकाले गर्भवती र सुत्केरीका अलावा अन्य अतिविपन्न वर्गका बिरामीलाई पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष पौडेलले बताए ।

    अतिविपन्न वर्गका परिवारले सम्बन्धित वडा कार्यालयबाट ल्याएको विपन्नताको सिफारिसका आधारमा सेवा दिइने उनले बताए । पालिकाले आमा सुरक्षा र प्रजनन स्वास्थ्य सेवालाई प्रवर्धन गरिरहेको पौडेलको भनाई छ । स्थानीय स्वास्थ्य केन्द्रले भिडियो एक्सरे सेवा, गर्भवतीको प्रत्येक महिना स्वास्थ्य परीक्षण, उनीहरुलाई स्वस्थ राख्न अण्डा र क्याल्सियम चक्की वितरण गर्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर ५ २०८१ बुधवार - १४:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij