Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यी ७ दिन शारीरिक सम्पर्क राखे अशुभ हुने

यी ७ दिन शारीरिक सम्पर्क राखे अशुभ हुने


  • 9.9K
    Shares

    यी ७ दिन शारीरिक सम्पर्क राखे अशुभ हुने
    images

    विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सांसरिक जीवनमा विवाह अनिवार्य हो भने शारीरिक सम्पर्क प्राकृतिक आवश्यकता नै हो । तर, शारीरिक सम्पर्क स्त्री पुरूषको मिलनबारेमा पनि शास्त्रहरूमा उल्लेख गरिएको छ ।

    व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७–२९–३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । पुराणमा स्‍त्री-पुरुष म‌िलनका लागि केही दिन अशुभ भनेर उल्लेख गरिएको छ ।

    ती दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । उक्त दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।

    १) औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मान्ने गरिन्छ । साथै औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने व्रह्मवैवर्तक पुराणमा उल्लेख छ ।

    २)औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध गर्नु अशुभ मानिएको छ ।

    ३) सक्रान्तिमा पनि जोडीहरुबीचको शारीरिक मिलन अशुभ मान्ने गरिन्छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचमा शारीरिक सम्पर्क नगर्दा नै राम्रो हुने ब्रह्मवैवर्तक पुराण उल्लेख छ।

    ४) प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथिमा पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । ती दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ।

    ५) साथै पुराणमा आइतवारसमेत शारीरिक मिलनका लागि अशुभ मानिएको छ ।

    ६) श्राद्धको समय अर्थात् पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन नहुनु नै राम्रो हुने पुराणमा उल्लेख छ ।

    ७) पुराणले व्रत बसेको कुनै पनि समयमा स्त्री(पुरुषलाई सहवास गर्न तथा तिलको तेल खान र लगाउन निषेध गरिएको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १६:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij