Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकप छनोटमा कोलम्बियाको पहिलो पराजय

विश्वकप छनोटमा कोलम्बियाको पहिलो पराजय


  • 1.9K
    Shares

    विश्वकप छनोटमा कोलम्बियाको पहिलो पराजय

    फिफा विश्वकप–२०२६ छनोटमा कोलम्बियाले पहिलो हार व्यहोरेको छ । कोलम्बियाले शुक्रबार बिहान १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको घरेलु टिम बोलिभियासँग १–० को हार व्यहोरेको हो ।

    शुक्रबार बोलिभियास्थित म्युनिसिपल रंगशालामा सम्पन्न खेलमा बोलिभियालाई जित दिलाउन मिगेल टेर्सेरोसले निर्णायक गोल गरे । उनले ५८औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

    उनले कोलम्बियाका दुई खेलाडीलाई ‘बिट’ गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यसअघि खेलको पहिलो हाफमै बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो ।

    २०औँ मिनेटमा हेक्टर क्वेयरले सोझै रातो कार्डको दर्शन गरेपछि बोलिभिया १० खेलाडीमा समेटिएको हो । जितसँगै नौ खेलबाट १२ अंक जोडेको बोलिभिया तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

    समान खेलबाट १६ अंक जोडेको कोलम्बिया भने दोस्रो स्थानमा छ । यो हारसँगै कोलम्बियाले छनोटको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ ।

    अर्जेन्टिनाले शुक्रबार भएको खेलमा भेनेजुयलासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

    प्रकाशित मिति :आश्विन २५ २०८१ शुक्रवार - ०९:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij