Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा


  • 2.7K
    Shares

    साफ महिला च्याम्पियनसिपको तयारी पूरा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

    मंगलबार एन्फाले ललितपुरमा पत्रकार सम्मेलन गर्दै कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । 

    प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

    प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको उनले बताए । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ८ हजार १६० अमेरिकी डलर रहेको शाहले उल्लेख गरे । 

    च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । 

    प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । 

    दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - १२:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij