Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कोशी प्रदेश सरकार

बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस–एमालेको माग, माओवादीलाई छैन चासो

बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस–एमालेको माग, माओवादीलाई छैन चासो


  • 2.4K
    Shares

    बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस–एमालेको माग, माओवादीलाई छैन चासो
    images

    काठमाडौं । बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सत्तारूढ कांग्रेस–एमालेले माग गरेका छन् । पीडितलाई राहत, पुनःस्थापना र बेपत्ताको खोजी गर्न माग गर्दै यी दुई दलले माग गरेका हुन् ।

    आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कांग्रेस कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापा नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संयुक्त ज्ञापनपत्र बुझाएको हो । 

    दुवै पार्टीले ज्ञापनपत्रमा बाढीबाट ज्यान गुमाउने नागरिकका आश्रित परिवारलाई राहत, भौतिक संरचनाको पुनःनिर्माण र घाइतेको निःशुल्क उपचारको व्यवस्था जस्ता माग गरेका छन् ।  

    प्रतिपक्षी माओवादी लगायतका अन्य दललेले भने हालसम्म सरकारलाई ध्यानाकर्षण गराएका छैनन् । 

    यही असोज ११–१२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर कोशी प्रदेशमा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने ७ जना अझै बेपत्ता छन् ।  

    प्रकाशित मिति :आश्विन २० २०८१ आइतवार - १३:१४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij