२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिगअन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदैछन् ।
लिगमा ४–४ खेल सम्पन्न हुदा कर्णाली यशविस शीर्ष स्थानमा रहेको छ । कर्णाली ४ खेलमा अपराजित रहदै १० अंक हासिल गरेको छ । त्यस्तै काठमाडौं स्पाइकर्स ४ खेलमा ३ जित र एक हारसहित ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी चितवन शक्ति ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै तेस्रो र ललितपुर क्वीन्स ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
त्यस्तै फाइनलको दौडबाट बाहिरिएको गण्डकी थण्डर्सको ४ खेलमा एक जित र ३ हारसहित केवल ३ अंक छ भने मधेस युनाइटेडले ४ खेलमा सबै खेलमा हार व्यहोरेर अंकविहिन रहेको छ ।
अब आज लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कर्णाली र दोस्रो स्थानमा रहेको काठमाडौं भिड्दै छन् । यो खेलको विजेता फाइनलमा पुग्ने निश्चित छ । यो खेल राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको ललितपुर क्वीन्स र चौथो स्थानमा रहेको चितवन शक्तिबीच आजको पहिलो खेल हुँदैछ । यो खेल अपरान्ह ३ः४५ बजेदेखि सुरु हुँदैछ ।
त्यसैगरी आजको दोस्रो खेल मधेश युनाइटेड र गण्डकी थण्डर्सबीच हुँदैछ । यो खेल अपरान्ह ५ः४५ बजेदेखि सुरु हुनेछ । दुवै फाइनलको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फाइनलको समीकरणमा कुनै असर गर्ने छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij