Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीनस्वीप

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीनस्वीप


  • 2.0K
    Shares

    बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीनस्वीप

    भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जतेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।

    यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउदै पुरा गरेको थियो । खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो ।

    चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडी रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।

     यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो ।

    त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिंगमा २३३ रन बनाएर अल आउट भएको थियो ।  भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी-२० सिरिज खेल्दै छन् ।  

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - १३:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij