Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै (तालिकासहित)

एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै (तालिकासहित)


  • 1.8K
    Shares

    एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै (तालिकासहित)

    काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् ।

    पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

    सोमबार भएको पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो भने गण्डकी चितवन शक्तिसँग ३-१ कै सेटमा पराजित भएको थियो ।

    कर्णाली पहिलो खेलको लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने गण्डकी पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

    यस्तै साँझ ५:४५ बजे कभर्डहलमै काठमाडौं स्पाइकर्स र चिनव शक्तिबीच प्रतिस्पर्धा हुनेछ ।

    पहिलो खेलमा चिनवले गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै ३ अंक जोडिसकेको छ भने काठमाडौं भ्याली डर्बीमा ललितपुर क्विन्ससँग ३-१ कै सेटमा पराजित भएको थियो ।

    त्यसैले काठमाडौं पहिलो जितको खोजीमा हुनेछ भने राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कपत्नीमा चितवन लगातार जित निकाल्ने योजनामा छ ।

    यस्तै दिनको अन्तिम खेल ललितपुर र मधेशबीच राती ७:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा ललितपुरले काठमाडौंलाई हराउँदा मधेश भने कर्णालीसँग पराजित भएको थियो ।

    त्यसैले मधेश आज पहिलो जितको खोजीमा हादा ललितपुर पहिलो खेलको लय कायम राख्दै जित निकाल्ने योजनामा हुनेछ ।

    पहिलो खेलमा थाइल्याण्डकी एक खेलाडी घाइते हुँदासमेत ललितपुरले काठमाडौंविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।

    इन्फिनिटी ड्रिम्सको आयोजनामा भइरहेको पहिलो संस्करणको इडब्लुभिएलमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

    नेपाली भलिबल इतिहासमा पहिलो पटक भएको फ्रेन्चाइज लिग र दक्षिण एसियाकी पहिलो महिला भलिबल प्रेन्चाइज लिगमा विदेशी खेलाडीहरु समेत खेलिरहेका छन्  ।

    हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । जसले लिगमा रोमाञ्चकता थप्ने अपेक्षा छ ।

    everest-women-volleyball-day-2.jpg

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - १३:००:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij