२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एएफसी यू–२० एशियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडियालाई ७–० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।
उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३–१ गोलको जित हात पारेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij