Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल र भुटानबीच प्रतिस्पर्धा

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल र भुटानबीच प्रतिस्पर्धा


  • 1.9K
    Shares

    साफ यु–१७ च्याम्पियनसिपमा नेपाल र भुटानबीच प्रतिस्पर्धा

    काठमाडौं । भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।

    समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

    यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ ।

    भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

    भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । अर्को खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका यसअघिका दुवै खेलमा पराजित हुँदै एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ ।

    पाकिस्तान र भुटानका लागि समूहको अन्तिम खेलमा बराबरी खेले पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।

    नेपालको लागि भने भुटानलाई हराउनैपर्ने अवस्था छ  । त्यसैले भुटानविरुद्धको खेल नेपालका लागि गर या मरको अवस्थामा छ ।

    पछिल्लो समय भुटानले उमेर समूहमा राम्रो प्रदर्शन गरिरहेको र घरेलु मैदानमा खेल्दा भुटानलाई फाइदा पुग्नेछ । तर, साफ यु-१७ उमेर समूहमा नेपाल अहिलेसम्म भुटानसँग हारेको छैन । त्यसैले नेपाल विगतको प्रदर्शनलाई कायम राख्दै भुटानलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

    समूह ए बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन् । भारतसँग सेमिफाइनलको सम्भावित भेट टार्नको लागि भुटान र नेपालसँगै पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - ०९:३५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij