Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

आईसीसी विश्वकप लिग–२ : नेपालले घरेलु टोली क्यानडासँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप लिग–२ : नेपालले घरेलु टोली क्यानडासँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै


  • 3.3K
    Shares

    आईसीसी विश्वकप लिग–२ : नेपालले घरेलु टोली क्यानडासँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

    त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो ।

    पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने ।

    यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको  थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

    क्यानडा भ्रमणका क्रममा पनि नेपालले घरेलु टोली र ओमानसँग एक/एक खेल हारिसकेको छ । आजको खेल जितेर नेपाललाई खेलमा फर्किने अवसर छ । जित्नु पर्ने दबाबमा रहेको नेपालले क्यानडासँगको दोस्रो खेलमा पहिलो खेल खेलेका केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ ।

    क्यानडासँगको खेलपछि नेपालले ओमानसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ । ओमानसँगको खेल ८ गते साँझ पौने ९ बजेदेखि सुरु हुनेछ ।

    ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

    यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - ०९:१४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij