Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

पुलिसको लगातार तेस्रो जित

पुलिसको लगातार तेस्रो जित


  • 1.9K
    Shares

    पुलिसको लगातार तेस्रो जित

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ ।

    माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार ताजिकस्तानको डाइमेड भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले अपराजित यात्रका तेस्रो खेलसम्म लम्बाएको हो ।

    पुलिसले आइतबार उज्बेकिस्तानको हुमो भलिबल क्लब र सोमबारश्रीलंकाको श्रीलंका एयर फोर्सलाई यही नतिजाले पराजित गरेको थियो ।

    योसँगै पुलिसले तीन खेलबाट ९ अंक जोडेको छ । डाइमेडले पुलिसलाई कुनै पनि सेटमा टक्कर दिन सकेन ।

    पहिलो सेट २५–१५ ले जितेको पुलिसले त्यसपछिका दुई सेट पनि सहजै आफ्नो पक्षमा बनायो । दोस्रो सेट २५–१२ ले पुलिसले जितेको थियो। तेस्रो तथा अन्तिम सेट २५–१५ ले आफ्नो बनायो ।

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - १५:३४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij