Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

एनपीएलमा ८ मार्की खेलाडी घोषणा, को–को छनोटमा परे ? (नामावलीसहित)

एनपीएलमा ८ मार्की खेलाडी घोषणा, को–को छनोटमा परे ? (नामावलीसहित)


  • 1.5K
    Shares

    एनपीएलमा ८ मार्की खेलाडी घोषणा, को–को छनोटमा परे ? (नामावलीसहित)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का ८ मार्की खेलाडीको घोषणा गरिएको छ ।

    शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो ।

    यस अघि क्यानले एनपीएल खेल्ने ८ फ्रेन्चाईजीको घोषणा गरेको  थियो । जसमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी ८ फ्रेन्चाइजीले एनपीएलमा भाग लिने भएका छन् ।

    एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ । 

    प्रकाशित मिति :भाद्र २८ २०८१ शुक्रवार - १३:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij