२०८२ भाद्र ८ गते आइतवार
शहरी बसाइँसराइ, अव्यवस्थित खानपान, शारीरिक अभ्यास, योग, ध्यान र प्राणायाम जस्ता क्रियाकलापहरूको कमीले नै मोटोपन बढाउने गर्छ । यसका साथै शरीरमा धेरै बोसो हुनु पनि मोटोपनको अर्को समस्या हो ।
यदि शरीरमा ज्यादै बोसो लागेको छ भने तौल पनि बढ्ने गर्छ । मांसपेशी, हड्डी, बोसो वा शरीरको पानीले पनि वजन बढाउन मद्दत गर्छ । यसको अर्थ व्यक्तिको सामान्य तौल भन्दा धेरै हुनु हो ।
मोटोपन र धेरै वजनले जोखिम बढाउँछ ?
मोटोपन र धेरै वजनले जोखिम बढाउनुका कारणहरू :
१. शारीरिक गतिविधिको कमी ।
२. अस्वस्थकर खानपान ।
३. अपर्याप्त निद्रा ।
४. तनावको मात्रा धेरै ।
५. अस्वस्थ अवस्था ।
यी हुन् मोटोपनसँग सम्बन्धित समस्याहरू :
क) सास फेर्न गाह्रो हुनु ।
ख) चिटचिट पसिना आउनु ।
ग) घुर्नु ।
घ) शारीरिक क्रियाकलाप गर्न गाह्रो हुनु ।
ङ) प्रायः थकान महसुस हुनु ।
च) ढाडको दुखाई ।
मोटोपनको उत्तम उपचार के हुन सक्छ ?
मोटोपन र शरीरको वजन घटाउने शल्यक्रिया (बेरियाट्रिक सर्जरी) आजको एक मात्र विकल्प हो । पहिले नै आहार, व्यायाम र औषधि प्रयोग गरिसकेका व्यक्तिहरूमा हुने मोटोपनाको प्रभावकारी उपचार नै बेरियाट्रिक सर्जरी हो ।
–डा.नवीन पौडेल, भरतपुर चितवन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij