२०८२ भाद्र २ गते सोमवार
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०० गोलको कीर्तिमानी पूरा गरेका छन् । नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा क्रोयशियाविरूद्ध गोल गर्दै रोनाल्डोले आफ्नो करियरको ९०० गोल पूरा गरेका हुन् ।
फुटबल करियरमा ९ सय गोल पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् । क्रोयशियाविरूद्धको खेलमा रोनाल्डोले नुनो मेन्डिसको पासमा ३४ औ मिनेटमा गोल गरेका थिए । उनको गोलसँगै पोर्चुगल लिगमा विजयी सुरूवात गरेको छ ।
९०० गोल पूरा गर्दा ३९ वर्षीय रोनाल्डो भावुक भएका थिए । रोनाल्डोले ९०० गोल पूरा गर्दा १२३६ खेल खेलेका छन् । उनले स्पेनिस क्लव रियल म्याड्रिडका लागि सबैभन्दा धेरै ४५० गोल गरे ।
उनले स्पोर्टिङ लिस्बनका लागि ५ गोल, म्यानचेस्टर युनाइटेडबाट १४५ गोल, पोर्चुगलका लागि १३१ गोल, युभेन्ट्सबाट १०१ गोल र अल नासरबाट ६८ गोल गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij