Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अपराध

क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन


  • 2.9K
    Shares

    क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।

    आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो ।

    जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो ।

    उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् ।

    महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - १२:२७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij