Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि


  • 2.7K
    Shares

    नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

    काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

    बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४(१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए । 

    त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।

    नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन् । योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १५:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij