Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ यू–२० : आज सेमिफाइनलमा भुटानलाई जित्नैपर्ने दबाबमा नेपाल

साफ यू–२० : आज सेमिफाइनलमा भुटानलाई जित्नैपर्ने दबाबमा नेपाल


  • 3.0K
    Shares

    साफ यू–२० : आज सेमिफाइनलमा भुटानलाई जित्नैपर्ने दबाबमा नेपाल

    काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज पहिलो सेमिफाइनलको खेल हुनेछ । आज हुने सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

    नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

    यस्तै, भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

    दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - ०९:२५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij