Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै


  • 2.8K
    Shares

    साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् ।

    यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

    दुवै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

    प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - ०९:४१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij