२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपअन्तर्गत आज समूह ‘बी’ अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदैछ ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।
सोमबार भएको समूह ‘बी’ को खेलमा भारतले भुटानलाई १–० गोलले पराजित गरेको थियो । भुटानले आजको खेल जित्नैपर्ने अवस्थामा खेल्दै छ । आजको खेल भुटानले हारेमा प्रतियोगिताबाट बाहिरिने छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij