Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सुदूरपश्चिम प्रदेश सरकार 

निजामती ऐनविरुद्ध संसद्‌मै सत्तापक्षका सांसदको नाराबाजी, माओवादीको समर्थनमा नाउपा   

निजामती ऐनविरुद्ध संसद्‌मै सत्तापक्षका सांसदको नाराबाजी, माओवादीको समर्थनमा नाउपा   


  • 2.4K
    Shares

    निजामती ऐनविरुद्ध संसद्‌मै सत्तापक्षका सांसदको नाराबाजी, माओवादीको समर्थनमा नाउपा   
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा बैठकमै सत्तापक्षका सांसदहरूले नाराबाजी गरेका छन् । आज (मंगलबार) उक्त सभामा निजामती सेवा ऐन– २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न खोज्दा उनीहरूले नाराबाजी गरेका हुन् । 

    प्रदेश सभाबाटै विधेयक पारित हुँदै गर्दा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रोस्टम अगाडि उभिएर नाराबाजी गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले रोस्टममै उभिएर अहिलेको ऐन समावेशी नभएको भन्दै विरोध गरेका थिए । 

    समावेशीता उक्त विधेयकमा नसमेट्नु र आफूहरूसँग छलफल नै नगरी प्रदेश सभामा पारित गर्नु राज्दा आफूहरूले विरोध गरेको नाउपा सांसदको तर्क छ । उनीहरूले यथास्थितिमा पारित गर्न खोजियो भने समर्थन नगर्नेसमेत चेतावनी दिएका छन् । 

    आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले संसदमा उठेका विषयमा जवाफ दिएपछि सभामुख भीम भण्डारीले संशोधन हुने विषयहरूलाई विधेयक प्रदेश सभामा निणयार्थ प्रस्तुत गरेका थिए । विधेयकको एमाले–कांग्रेसले समर्थन गरेका थिए भने नागरिक उन्मुक्तिका पाँच जना सांसदले विरोध जनाएका थिए । 

    प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले विधेयक समावेशी नभए समर्थन नगर्ने प्रष्ट पारिसकेका छन् । विधेयक पारित गर्न नहुने अडान राखेपछि सत्तापक्ष नाउपाका सांसदहरूले समेत माओवादीको समर्थन जनाएका थिए ।

    प्रकाशित मिति :भाद्र ४ २०८१ मंगलवार - १६:५८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij