२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने भँडुवाविरुद्ध प्रतिवादमा उत्रिन आग्रह गरेका छन् ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका हुन् ।
उनले भने– ‘देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भने वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईंहरूले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छ र उनीहरूविरुद्ध प्रतिवादमा उत्रिनुपर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij