२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ ।
एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।
एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij